डोटीस्थित केआईसिंह गाँउपालिकाका माओबादी नेता इसरे लुहारको निधन

२७ असार २०८०, बुधबार १६:३३

काठमाडौं । केआईसिँह गाँउपालिका वडा न ५ का नेकपा माओवादी केन्द्रका अध्यक्ष इश्वरे लुहारको निधन भएको छ । उनलाई हृदयघातको थप उपचारको लागि गृह जिल्ला डोटीबाट धनगढी लैजाने क्रममा गए राती असार २६ गते निधन भएको वडाध्यक्ष दुर्गा रावलले जानकारी दिएका हुन् ।

उनी लामो समयदेखि नेकपा माओबादी केन्द्रमा इमानदार ढंगले काम गर्दै आएका र संगठन निर्माणमा अब्बल भुमिका रहेको स्थानीय व्यक्ति यज्ञ पार्कीले बताए । साथै उनले स्वर्गिय लुहार सामान्य परिवारमा जन्मिएर पनी बिगत लामो समयदेखी समाजमा गरिबहरुको सुखदुःखको साथी भएको बताए ।

उनलाई नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा केआइसिंह गापालिका इन्चार्ज मीन मलासी , गापा अध्यक्ष दिलिप कठायत , प्रदेश सदस्य धुर्ब रावल , प्रदेश सदस्य नरेन्द्र बलायर र वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा रावलले नेकपा माओवादी पार्टीको झण्ड ओडाएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*