ङादी ग्रुप पावरद्वारा विशेष साधारणसभा आह्वान, शतप्रतिशत हकप्रद निष्काशन गर्ने

२७ असार २०८०, बुधबार १८:०४

काठमाडौं । ङादी ग्रुप पावरले विशेष साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको आज (असार २७ गते) बसेको बैठकले आउँदो साउन १४ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋणलगायतका वैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद शेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीले लमजुङको सिउरीखोला साना जलविद्युत आयोजना (४.९५ मेगावाट)बाट नियमित विद्युत उत्पादन तथा वितरण गर्दै आएको छ ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ३ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनेछन।

1689159297905

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*