राधी विद्युत कम्पनीको बिद्युत उत्पादन बन्द, यस्तो छ कारण

२८ असार २०८०, बिहीबार १०:४४

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको बिद्युत उत्पादन बन्द भएको छ । असार २२ गतेदेखि अबिरल बर्षाको कारणले बिद्युत उत्पादन बन्द भएको हो ।

कम्पनीले संचालन गरिरहेको ४.४ मेघावाटको जलबिद्युत आयोजनाको हेडवर्कस् र हेडरेस पाइपमा क्षति पुुग्न गएको साथै काबु बाहिरको परिस्थिती सिर्जना भएको कारणले बिद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*