आयकरको कर दाखिला गर्न सरकारको ताकेता

२८ असार २०८०, बिहीबार ११:११

काठमाडौं । आयकरको तेस्रो किस्ताबापतको कर दाखिला गर्न सरकारले ताकेता गरेको छ। आय वर्ष २०७९–८० को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम असार महिनाभित्र दाखिला गर्न विभागले आग्रह गरेको छ।

आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० वमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने कर तिर्न विभागले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*