प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२८ असार २०८०, बिहीबार १०:४५

काठमाडौं । कारोबारको पाँचौ दिन अर्थात बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मुल्य १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर एक हजार चार सय ४० रुपैयाँका कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*