मृत्यु माथि पनि राजनीति गरेको भन्दै रास्वपाकी सांसद डा. तोसिमा कार्की विवादमा, के भन्छिन् उनी ?

२८ असार २०८०, बिहीबार ११:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सांसद डा. तोसिमा कार्की आफ्नै अभिव्यक्तिका कारण विवादमा मुछिएकी छन् । मृत्यु माथि पनि राजनिति गरेको भन्दै सामाजिक संजालमा जताततै गालीको बर्षा उनीमाथि बर्षिरहेको छ।

प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले केही मिडियासँग अन्तर्वार्ता दिने क्रममा व्यक्त गरेको अभिव्यक्तिले सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

सामाजिक संजालमा उनको बैद्धिकतामाथि समेत आँच आउने प्रश्नहरु तोर्सिएका छन् । अन्तर्वार्ताको एक क्लिप अहिले भाइरल भइरहेको छ, जहाँ उनले भनेकी छन्, ’’प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन । आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्न पनि आउन सक्छ ।’’

सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना भएपछि उनले बाइटलाई तोडमोड गरी राखिएको गुनासो गर्दै पूरा भिडिओ हेर्न अनुरोध गरेकी छन् ।

’’म स्वयंले पेरिसडाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरीरमा फूल र श्रद्धा अर्पण गरेपछि केही मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु । साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु,’’ उनले फेसबुक पोस्टमा लेखेकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*