सम्पत्ति बीमा योजना जारी गर्दै नेपाल माइक्रो इन्स्योरेन्सको औपचारिक कारोबार शुभारम्भ, स्थानीय अनुदानको रकम माइक्रो इन्स्योरेन्समा प्रयोग गर्न सुझाव

२८ असार २०८०, बिहीबार १२:४९

काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट कारोबार शुभारम्भ गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले उद्घाटन गर्दै आजदेखि औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरेको हो। कम्पनीले पहिलो कारोबार सम्पत्ति बीमालेख बिक्रीबाट शुरु गरेको छ।

न्यून आय भएका वर्गमा पहुँच पुराउन सुरु गरेको पहिलो निर्जिवन लघुबीमा कम्पनीले अन्य पोलिसी पारित नभएको कारण हतारमा सम्पत्ति बीमालेखमार्फत औपचारिक रुपमा चितवनमा आजदेखि शुभारम्भ गरिएको छ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीलाई आफनो धरातल नर्बिसन सुझाव दिएका थिए । न्यून आय वर्गमा बीमाको पुहँच विस्तारमा ध्यान दिन आग्रह गरे ।

पछिल्लो समय पालिकाहरुले बीमाको नाममा बिभिन्न अनुदान दिदैं आएका छन् । त्यस्तो रकम माइक्रो इन्स्योरेन्स प्रयोग हुनुपर्ने उनको भनाई छ ।

यस्तै, माइक्रो इन्स्योरेन्स कम्पनीले पालिका स्तरमै बीमा डेस्क राखेर कारोबार विस्तार गर्नुपर्ने उनले बताए । समग्रमा अब लघुबीमाले न्यून आय भएको समुदायमा बीमा पहुँच पुग्ने उनले बताए।कम्पनीले हतारमा केन्द्रिय कार्यालय उद्घाटनको लागि सम्पत्ति बीमालेखमार्फत बीमा योजना अघि सारेको छ । हतारमा गरेको काम लतार नहुने भन्न नसक्ने भन्दै बीमा अधिकारीहरुको गुनासो रहेको छ।

लघु बीमाको क्षेत्रमा भने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो कम्पनी हो । यसअघि गार्डियन माइक्रो लाइफले म्यादी बीमार्फत बीमा सेवा शुभारम्भ गरिसकेको छ ।चितवन जिल्लाको भरतपुर(१ मा केन्द्रिय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले बिहीबारबाट देशभर निर्जीवन लघु बीमा व्यवसाय आजदेखि शुभारम्भ गरेको हो ।

कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीको सञ्चालक समितिमा चार जना छन् ।

जसमध्ये, अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मृगेन्द्रनाथ रिमाल छन् भने डिसीईओ अनिल राज गिरी रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*