प्रतितोला ८० रुपैयाँले बढ्यो चाँदीको मूल्य, सुनको मूल्यमा सामान्य बृद्धि

२९ असार २०८०, शुक्रबार १०:४९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय र चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मुल्य १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर एक हजार चार सय ८० रुपैयाँका कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*