नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह

२९ असार २०८०, शुक्रबार १२:१८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासंग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न गरेका हुन् ।

अध्यक्ष मल्लले भने ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० बर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ, ।’

उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र , पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसंग आग्रह गर्नुभयो । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत गरे ।

दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए उनले भने ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधी बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ । ’

अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरेका थिए । सेवा क्ष्ँेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्व ८१ करोड रुपैया लगानी गरेको छ । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन ।

चेम्बरको स्वागत पछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसंगको कुटनीतिक र आर्थिक सम्वन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए । उनले भने, ‘नेपाल र कोरियाको सम्वन्ध आगामी बर्ष ५० औं बर्षमा पुग्दैछ, ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*