सरकारले भुक्तानी नदिएपछि निर्माण व्यवसायी आन्दोलनमा

२९ असार २०८०, शुक्रबार १३:५८

काठमाडौं । नेपाल निर्माण व्यवसायीहरु आफुले गरेको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई व्यवसायीहरुले सरकारले असार मसान्तसम्म निर्माण गरेका कामको भुक्तानी गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको र आफुलाई मजदुर तथा विभिन्न निकायबाट भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न समेत दवाव आईरहेको उनीहरुले बताएका छन् । व्यवसायहरुले मजदुरलाई पारिश्रमीक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै सरकारलाई तत्काल व्यवसायीको रकम भुक्तानी गर्न माग गरेका छन् ।

उनीहरुले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेका र श्रमिकहरुलाई उनीहरुले गरेको रकम पनि दिन नसक्दा आफुहरुलाई गारो भैसकेको बताएका छन् ।

व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*