सरकार र बीमा क्षेत्रको जुहारीले कृषि क्षेत्र पछाडि पर्योः अध्यक्ष दंगाल

२९ असार २०८०, शुक्रबार १८:०१

काठमाडौं । राष्ट्रिय किसान सञ्जालको आयोजनामा विजुली बजारस्थित कार्निभलमा वकिटमा पत्रकार सम्मेलनको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
देशमा विद्यमान कृषि क्षेत्रमा देखिएको समस्या र समाधन गर्न सरकारले नसकेको बताउँदै सञ्जालले संघर्षको तयारी गर्न लागेको बताइएको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दंगालले सरकार र बीमा कम्पनीहरुको कारण कृषि क्षेत्रको बीमा कार्यक्रम सोचे जसरी अगाडि बढ्न नसकेको बताए ।

साथै, उनले बीमा कम्पनीलाई जिम्मेवार भएर गाउँ–गाउँमा गएर किसानको सेवा गर्न आग्रह गरे । पशुपालनमा लम्पी स्कीन रोगको कारण बेहोर्नु परेको क्षति, कालीमाटी तरकारी बजारको विषयमा एकहप्तादिनको समय माग गरेको बताउदै त्यस अवधिमा आफ्ना मागहरु पूरा नभए संघर्षमा जाने बताए ।

त्यसैगरि राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले सञ्जाल किसानको लागि संघर्ष गर्न कति पनि पछि नपर्ने भन्दै आन्दोलनको तयारी गरिरहेका बताएका छन् ।

साथै उनले कालीमाटी फलफूल तथा तरकारी विकास समितिले प्रतिस्पर्धाको आधारमा स्टलहरु उपलब्ध गराउन र किसानहरुका लागि छुट्याएको ९ प्रतिशत स्टलहरु किसानहरुले नै उपभोग गर्न पाउने बातावरण बनाउन आग्रह गरे ।

त्यसैगरि राष्ट्रिय किसान सञ्जालका सचिव नवराज बस्नेतले वास्तविक किसानहरुलाई सम्बन्धित निकायले बुझ्न नसकेको बताउँदै संघर्षको विकल्प नरहेको बताए । सञ्जालकै सदस्य सफल सुब्बाले वितरित प्रेस विज्ञाप्ति मार्फत किसानको समस्याहरु समाधन आग्रह गरिन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*