सुनको मूल्य घट्यो चाँदीको स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
३१ असार २०८०, आईतवार ११:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनको मूल्य घटेको छ । नेपाल बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन अर्थात शुक्रबार छापावाला सुनको मुल्य १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।