नेपाल वायुसेवा निगमले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

३१ असार २०८०, आईतवार १३:५४

काठमाडौं । नेपाल वायुसेवा निगमले करारतर्फ क्याबिन क्रु समुहको पाँचौ तहमा ३० जना विमान परिचारिका माग गरेको छ । निगमले योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित मिति (असार ३१) ले १५ दिनभित्र आवेदन पेश गर्न सकिने जनाएको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट १२ वा सो सरह उत्तीर्ण गरेको, १८ बर्ष पुरा भई २५ ननाघेको, कम्तिमा ५ फिट २ इन्च उचाई भएको शारीरिक तथा मानसिक कुनै प्रकारको अपाङ्गता नभएको आदि शर्तहरु तोकेर उक्त विज्ञापन खुलाएको हो ।

व्यक्तित्व परीक्षण, लिखित परीक्षा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तरवार्ता गरी छनौट गरिने निगमले जनाएको छ ।

तोकिएको समयभित्र निगमको वेभसाईट   https://vacancy.nepalairlines.com.np/ मार्फत आवेवदन दिन सकिने छ ।  तोकिएको समयभित्र आवेदन दिन नसकेमा साउन १४ गतेदेखि २१ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने निगमले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*