नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित

१ श्रावण २०८०, सोमबार १०:३६

काठमाण्डौं । नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् ।

कोषको २०८० असार ३१ गते सम्पन्न २८औँ वार्षिक साधारणसभाबाट सञ्चालक पदका लागि खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

खत्री ५२ अर्बभन्दा बढी जीवन बीमा कोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।

खत्री बैंक तथा वित्तीय संस्थाहरुका तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*