कर थपिदा बढ्यो हवाई भाडा, कहाँको कति ?

१ श्रावण २०८०, सोमबार ११:३१

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०।८१ मा हवाई उडान सेवामा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेसँगै अब हवाई भाडा ६ प्रतिशतले बढेको छ । सरकारले उक्त भ्याट आज अर्थात साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।

उक्त भ्याट निजी हवाई सेवामा लागु भएको छ । आर्थिक वर्ष २०८०।८१ मा हवाई यातायात सेवालाई पनि अनिवार्य रुपमा मूल्य अभिवृद्धि करमा दर्ता गर्नुपर्ने अनिवार्य गरेसँगै वायुसेवा कम्पनीले साउन १ देखि हवाई भाडा दरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने निर्णय गरेको थियो ।

हाल आन्तरिक हवाई टिकटमा यात्रु सेवा शुल्क, इन्धन चार्ज र यात्रु सेवा शुल्कको आधारमा मूल्य निर्धारण गरिँदै आएकोमा अब त्यसमा मूल्य अभिवृद्धि कर पनि जोडिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*