रिलायन्स फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

१ श्रावण २०८०, सोमबार १२:१२

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको असार ३१ गते सम्पन्न भएको साधारण सभाबाट सञ्चालक पदमा ६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उक्त साधारण सभाबाट संस्थामक समुहमा कुश प्रसाद मल्ली, सुरकृष्ण वैद्य, विष्णु मान जोशी निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट तुलसी प्रसाद बराल, उपेन्द्र बहादुर कार्की र श्वेता कक्षपती निर्वाचित भएका हुन् ।

सोही दिनमा बसेको सञ्चालक समितिको बैठकले कुश प्रसाद मल्लीलाई कम्पनीको अध्यक्षमा चयन समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*