हवाई इन्धन डिपो निमार्ण कार्यको शिलान्यास सम्पन्न, ७७ करोड लगानीमा डिपो निर्माण काम सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र नेपाल आयल “निगम लिमिटेडबाट निर्माण हुने हवाई इन्धन डिपो निमार्ण कार्यको शिलान्यास समारोहन सम्पन्न भएको छ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले हवाई इन्धन डिपो निर्माणको काम सोमबारदेखि सुरु गरेको छ।
उधाेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त डिपो निर्माणको शिलान्यास गरेका हुन। निगम सचालक समिति अध्यक्ष मधु मरासिनी र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीको उपस्थिति रहेको थियो।
विमानस्थलको संचालनमा आएपछि निगमले विमानस्थलमा करिब ७७ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो। अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन। विमानस्थल परिसरभित्र डिपो नहुदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ।
काठमाडौं। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले हवाई इन्धन डिपो निर्माणको काम सोमबारदेखि सुरु गरेको छ।
उद्धोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त डिपो निर्माणको शिलान्यास गरेका हुन। निगम सचालक समिति अध्यक्ष मधु मरासिनी र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीको उपस्थिति रहेको थियो।
विमानस्थलको संचालनमा आएपछि निगमले विमानस्थलमा करिब ७७ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो। अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन। विमानस्थल परिसरभित्र डिपो नहुदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ। अब भने यो हवाई इन्धन भण्डारण बनेपछि उक्त झन्झटबाट मुक्त हुने निगमले जनाएको छ।
हवाई इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरण क्यानसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो।
३६०० किलोलिटर अर्थात् ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांकहरु निर्माण गरिने योजना रहेको निगमले जनाएको छ। जसमा १२०० किलोलिटर अर्थात १२ लाख लिटरका तीन वटा ट्यांक रहेका छन्।
७७ करोड २९ लाख रूपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन्। उक्त निर्माण कम्पनीले काम सुरु भएको १ वर्षमा डिपो निर्माण सम्पन्न गर्नु पर्ने निगमले जनाएको छ।
निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ।
मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन।