प्रभु क्यापिटलले ल्यायो लोयल्टी प्वइन्ट्सका साथै रिफरल स्किम

१ श्रावण २०८०, सोमबार १८:०४

काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ।

ग्राहकलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकका लागि विशेष लोयल्टी प्वइन्टस अफर ल्याएको छ। लोयल्टी प्वइन्टस् र रिफरलको अफर क्यापिटलले आज साउन १ गतेदेखि सार्वजनिक गरेको हो।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै प्रभु क्यापिटलका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी प्वइन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ। सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेअर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वइन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आबद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*