कतिमा हुदैछ आजको सूनचाँदीको कारोबार ?
२ श्रावण २०८०, मंगलवार १०:५०

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ र चाँदीको स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मुल्य १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य सोमबारको तुलनामा स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।












