सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २८ औं वर्षमा, उत्कृष्ट कम्पनी बनाउने अध्यक्ष मनोहर दास मूलको प्रतिबद्धता

२ श्रावण २०८०, मंगलवार १२:४४

काठमाडौं । २०५३ सालमा आजैका दिनदेखि औपचारिक कारोबार सुरु गरेका दुई निर्जीवन बीमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आपसमा मर्जर भई अहिले सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) बनेको छ । सलिकोले आज स्थापनाको २८ औं बार्षिकोत्सव मनाउँदैछ ।

२०५३ साउन २ गते सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा कारोबार शुरु गरेका थिए । २६ वर्षसम्म स्वतन्त्र र आपसमा प्रतिस्पर्धा गरेर अघि बढेका दुई कम्पनी २०७९ साल फागुन २९ गतेबाट आपसमा मर्जर भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स अर्थात सलिको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । सुरुमा थापाथलीस्थित एक घरमा १२ जना कर्मचारीबाट कारोबार सुरु गरेको सगरमाथा इन्स्योरेन्स कम्पनी आज आफ्नै भवनसहितको विशाल संरचनामार्फत बीमा क्षेत्रमा सशक्त उपस्थिति दर्शाउन सफल भएको छ ।

एकीकृत कम्पनीको ११३ वटा शाखामा ६३७ जना कर्मचारीहरु कार्यरत रहेका छन् । कूल दुई अर्ब ६२ करोड चुक्ता पुँजि भएको सलिकोलाई आगामी दिनमा देशकै नम्वर वान कम्पनी बनाउने प्रतिबद्धता अध्यक्ष मनोहर दास मूलले व्यक्त गरेका छन् । अध्यक्ष मूलले २८ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीलाई व्यवसायमा मात्रै नभई मुनाफा र लाभांश दिने क्षमता पनि शक्तिशाली बन्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष मूलले बीमा व्यवसाय आम जनताको घर दैलोमा पुगेर लगानीकर्ताहरुको अधिकतम् हितको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बार्षिकोत्सवको अवसरमा कम्पनीले आज कुनै औपचारिक कार्यक्रम भने राखेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*