क्षत्रपाटी निःशुल्क चिकित्सालयको मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त

३ श्रावण २०८०, बुधबार ०९:३०

काठमाडौं । २०१३ सालमा स्थापना भएको काठमाडौको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् ।

नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल डाइरेक्टरमा नियुक्त गर्ने निणर्य गरिएको जानकारी दिए । आजको सञ्चालक समितिको बैठकबाट मेडिकल डाइरेक्टरमा नियुक्त भएका डा. मानन्धरलाई अध्यक्ष डा. मनोजमान श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

नव नियुक्त डा. सन्तोष मानन्धरलाई क्षत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । मेहनती स्वभावका मानन्धन अनुभवी फिजिसियन हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*