६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
३ श्रावण २०८०, बुधबार ११:०२

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ र चाँदीको १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ५५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मुल्य १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।












