सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
३ श्रावण २०८०, बुधबार १५:५४

काठमाडौं । सूर्योदय वोमी लघुवित्त संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । संस्थाले एफपीओ निष्काशन तथा बिक्रीको लागी कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतामा संस्थाको प्रमुख कार्यकारी प्रमुख मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।