प्रभु बैंक (साबिक सेन्चुरी बैंक) को बिना धितो ऋण लगानी काण्डमा थप खुलासा: ग्राहकको बचत खाता प्रयोग गरेर ऋण प्रबाह

३ श्रावण २०८०, बुधबार १७:३२

काठमाडौं । तत्कालिन सेन्चुरी कमर्सियल बैंक तथा हालको प्रभु बैंकले ग्राहकलाई ठगी गरेको सम्बन्धमा ईन्जिनियर दिपेन्द्र कँडेलले नयाँ खुलासा गरेका छन् ।
कँडेलले तत्कालिन सेन्चुरी बैंकमा खोलिएको नारी बचत खाता नं …….८६४ मा अनाधिकृत रुपमा एक करोड रुपैयाँ ऋण प्रवाह भएको र सो रकम अन्यत्र पठाउन ग्राहकसँग अनुमति नै नलिई एमसी चेक काटेर भुक्तानी गरिएको दावी ईन्जिनियर कँडेलले गरेका छन् ।

पब्लिक इनोभेटर कँडेलले ग्राहकको नाममा एक पटक ऋण डिस्पर्स गर्दा सेन्चुरी बैंकका दुई फरक फरक खातामा रकम डिस्पर्स गरी एक करोड रुपैयाँ बैंकका कर्मचारीहरुले मितोमतो मिलेर हिनामिना गरेको आरोप लगाएका छन् ।
‘ग्राहकको खाता अनधिकृत रुपमा प्रयोग गरी त्यसमा एक करोड रुपैयाँ ऋण प्रबाह गराई सो रकम गैर कानुनी तवरले रकमान्तर गरेको तथ्य बाहिर ल्याएको छु । सो को प्रमाण यसै पोस्टमा राखिएकोछ । यसरी प्रभु बैंक (साबिक सेन्चुरी कमर्सियल बैंक लि.) ले ग्राहकको खातालाई प्रयोग गरी कुनै सूचना नदिई, अनधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गरी बैंकिङ कसुर गरेको छ,’ कँडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कँडेलले बैंकिङ कसुर सजाय ऐन २०६४ को दफालाई समेत उध्रित गर्दै लेखेको स्टाटसमा अब उक्त काण्डमा संलग्न अभियुक्त र मतियारहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले बैंकिङ कसुर सम्बन्धी बुँदा नै राखेर उध्रित गरेपछि तत्कालिन सेन्चुरी बैंक तथा हालको प्रभु बैंकबाट बैंकिङ कसुर सम्बन्धी कार्य गरेको तथ्य फेला पारेको र कानुनी कारवाहीको तयारी भइरहेको आशय व्यक्त गरेका छन् ।

ईन्जिनियर दिपेन्द्र कँडेलको स्टाटसबाट

घटना कसरी सुरु भयो ?
अन्य बैंकले ग्राहक स्वयम्कै नाममा जग्गा रजिष्ट्रेशन पास भएपछि बैंकको नाममा रोक्का गरे पश्चात मात्रै ऋण लगानी गर्न सकिने बताएको अवस्थामा साबिकको सेन्चुरी बैंकले बैंकको नाममा जग्गा रोक्का छ, पछि ग्राहकको नाममा नामसारी गरिनेछ र यसरी त्रिपक्षिय करारनामा मार्फत लगानी गर्न पाउने अधिकार रहेको भन्दै बिभिन्न गोप्य दस्तावेजहरुमा हस्ताक्षर गराई ऋणको साँवा ब्याज बुझाउने किस्ताको तालिका र पैसा राख्ने खाता नम्वर मात्रै दिएको र ग्राहकले किस्ता तिर्दै आएको अवस्थामा एकाएक जब बिना बोधार्थको पत्र ग्राहकले प्राप्त गर्छ जसबाट जहाँ पठाउनु पर्ने हो त्यहाँ नपठाएर अन्यत्रै लगाई कर्जाको दुरुपयोग गरेको तर मसँग किस्ता उठाउदै गरेको भन्दै यो विषयमा छानविन गर्न ऋणीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । नेपाल राष्ट्र बैंकले पनि कुनै जवाफ नदिएको भन्दै समाचार बाहिर आए लगत्तै मैले ग्राहकलाई लिएर पाटन उच्च अदालत गई कारबाहिको माग गर्दै रिट दायर गराएको थिएँ। सो मुद्दाको बहसको क्रममा न्यायाधिशको अनुमति लिई म आफैले पनि बहस गरेँ । सो घटना बैंकिङ कसूरसँग सम्बन्धित देखिन्छ भन्ने अडान अधिवक्ता र म स्वयम्ले लिए पश्चात विभिन्न समयमा न्यायाधिशहरुले सेन्चुरी बैंकलाई कर्जा लगानी गर्दाको सक्कल फाइल देखाउन आदेश जारी गरेका थिए । तर, आदेश जारी गरेपनि कुनै पनि दिन रकम कसको खातामा पठाएको प्रमाण पेश गर्न सकेनन् । केवल त्रिपक्षीय करारनामा हो र, यो विषय करारसँग मात्रै जोडिन्छ भन्दै अदालतको समय सम्म बर्वाद गरेको अनुभव सुनाउन चाहन्छु ।

उक्त मुद्दामाथि अन्तिम फैसला गर्दै बैंकिङ कसुर हो भने नेपाल प्रहरीकोमा र करार हो भने जिल्ला अदालत बाट मुद्दा चलाउने मार्ग खुल्ला रहेको भन्ने व्यहोराको आदेश जारी गर्दै रिट खारेज गरिएको थियो ।
त्यस्लगत्तै ग्राहक सेन्चुरी कमर्सियल बैंक लि. गई पैसा कहाँ पठाएको हो त्यसको डेबिट नोट दिनु भनेको तर बैंकका कर्मचारीले हामीले एमसी चेक बनएर सम्बन्धित कम्पनीलाई पठाएको हो भन्ने जवाफ दिएका थिए । त्यस पस्चात यदी पैसा पठाएको हो भने त्रिपक्षीय करार अनुसारको पैसा बुझाईसकेकोले सो जग्गा मेरो नाममा पास गर्न लिखित निबेदन दिन लगाएको थिए । निबेदन पश्चात सेन्चुरी कमर्सियल बैंक र प्रभु बैंकको मर्जर भएको थियो । प्रभु बैंक भइसकेपछि सम्बन्धित कम्पनीलाई पत्र लेख्दै बोधार्थ ग्राहकलाई पठाएको थियो । सो बोधार्थ पत्रबाट बल्ल तत्कालिन सेन्चुरी कमर्सियल बैंकले बिना धितो कर्जा प्रबाह गरेको प्रमाणित भएको थियो र त्यो बाहिर ल्याएको थिए । जुन पछिल्लो हप्ता बिभिन्न संचारमध्यमबाट पनि प्रकाशित भएको थियो ।

‘कानुनी सजाएको लागि अन्तिम अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोलाई निबेदन दिनेछु तर, त्यो भन्दा पहिला संलग्न बैंकका कर्मचारीलाई कैलाश बैंकका कर्मचारीलाई जस्तै बिभागीय कारबाही गराउने बाटोमा अगाडि बढिइरहेको छु । धन्यवाद

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*