मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल हुने

३ श्रावण २०८०, बुधबार १७:५१

काठमाडौं ।   भोलि मौद्रिक नीतिबारे छलफल गर्न बहिान ११ बजे अर्थ समितिमा बैठक बस्ने भएको छ। बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयसँग छलफल छलफल गर्ने भएको छ।

क्यानाडामा एफएटिएफ एपीजीको २३ औं बार्षिक बैठकमा सहभागी हुन गएका गर्भनर महाप्रसाद आज नेपाल आईपुगेका छन् । उनी नेपाल आएसँगै यसै बिषयमा छलफल गर्ने मिति तय भएको हो ।नेपाल राष्ट्र बैंकले साउन पहिलो सातासम्ममा चालु आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याईसक्नु पर्ने व्यवस्था छ ।

बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका अन्य विविध विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डाक्टर प्रकाशशरण महत लगायतसँग विषयगत छलफल हुने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*