जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रह्योः अर्थमन्त्री डा.महत

३ श्रावण २०८०, बुधबार १९:३४

अर्थमन्त्री डा। प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् ।

सम्मेलनमा सहभागी भएर फर्किने क्रममा मन्त्री डा। महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो ।’मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको उनले बताए ।

उनले भने, ‘जुन नेपालको आर्थिक विकासका लागि उपलब्धी हुन् । पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्छ ।’जलवायु परिवर्तन जसको कारणबाट हामीले क्षति व्यहोरिरहेका छौं, यसमा विकसित देशहरुले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएका मन्त्री डा। महतले बताए । उनले भने, ‘हाम्रो दीगो विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा कसरी बढाउने, मूल्य वृद्धि र विकासका अनेकन समस्याबाट जनमानसमा परेको असरलाई कसरी कम गर्ने विषयहरु नेपालले जी–२० को फोरममा राख्यो ।

जी–२० का देशहरुले संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्याहरु आएको छ । यसलाई कसरी विस्तार गर्नेलगायतका विषयमा छलफल भएको महतले बताए । उनले भने, ‘यस सिलसिलामा विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न बहुपक्षीय संस्थाहरुको पनि त्यहाँ सहभागिता थियो । त्यहाँ पनि हामीले अनौपचारिक रुपमा आफ्ना कुरा राख्यौं । भारत र चीनका अर्थमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट गरी छलफल गरियो ।’गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा अन्तर्क्रिरया भएको अर्थमन्त्रीले जानकारी दिए । नेपालमा लगानीको सम्भावनाबारे त्यहाँ नेपालले प्रस्तुति दिएको थियो । गुजरातमा पनि नेपाली समुदायको संख्या ठूलो छ, उनीहरुसँग पनि अन्तरकृया गरेको मन्त्री महतले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*