काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा १०० केजी अबैध सुनसहित दुई जना पक्राउ

३ श्रावण २०८०, बुधबार २२:१३

काठमाडौं । राजश्व अनुसन्धान विभागले काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको एक क्वीन्टल भन्दा बढि सुन बरामद गरेको छ ।

नियमित प्रक्रियाबाट भन्सार जाँच पास गराको भन्दै अबैध रुपमा नेपाल भित्राइएको १०० केजीभन्दा बढि सुन केही बेर अघि बरामद गरेको हो । भन्सार विभागकै उच्च नेतृत्वको मिलेमतोमा स्कुटरको पार्टस भनेर सुनका सामान बनाएर नेपाल भित्राउँदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो । पक्राउ परेको सुनको मूल्य ९० करोडभन्दा बढि रहेको छ ।

अनुसन्धान विभागले माल सामान छुटाउने भन्सार एजेन्ट राजेन्द्र कुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरेको हो । विभागले सुनको मालिक खोजी कार्य तीव्र बनाएको जनाएको छ । विभागको त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाटै भएको सुन तस्करीको थप अनु्सन्धान गर्न प्रहरीको सहयोग लिने तयारी गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*