१०० केजी अबैध सुन काण्डमा नाम मुछिएपछि दीपक मल्होत्राले आज पत्रकार सम्मलेन गर्दै

४ श्रावण २०८०, बिहीबार १०:४१

काठमाडौँ । राजश्व अनुसन्धान विभागले काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको एक क्वीन्टल भन्दा बढि सुन बरामद गरेको छ । उक्त अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले उक्त काण्डमा आफू नमिसिएको भन्दै आज पत्रकार सम्मेलन गर्ने भएको छ।

आज दिउँसो १ बजे मल्होत्राले पत्रकार सम्मेलन गर्न भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट ल्याइएको अवैध आयात प्रकरणमा केही सञ्चार माध्यमले मल्होत्राको संलग्नता रहेको उल्लेख गरेका छन् । एयरपोर्टबाट अहिलेसम्मकै ठुलो परिणाममा सुन बरामद भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*