युनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

४ श्रावण २०८०, बिहीबार ११:०२

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जानकारी दिएको हो ।

कम्पनीले साउन १७ गतेदेखि १९ गतेसम्म काठमाडौंको बानेश्वर शाखा, नयाँ बानेश्वर, शंखमुल रोडमा बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । सो तालिममा सहभागि हुनको लागि कम्तिमा एसएलसी तह उतिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त बीमा अभिकर्ता तालिममा सहभागि हुन इच्छुक व्यक्तिले आवश्यक विधि पुर्याएर र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत यही साउन १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*