५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

४ श्रावण २०८०, बिहीबार ११:००

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ र चाँदीको ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मुल्य १ लाख १३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ५५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर आज एक हजार चार सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*