एकिकृत कारोबारको एक बर्ष बितिसक्दा पनि हिमालयन एभरेष्टको कर्मचारीको गुनासो सुनुवाई भएन, भिआरएस सुविधा नदिई अल्झाएर राखेको आरोप

४ श्रावण २०८०, बिहीबार १४:१८

काठमाडौं । साविको हिमालयन इन्स्योरेन्स कम्पनी र साविक एभरेष्ट इन्स्योरेनस कम्पनी एक भई हिमालयन एभरेष्टको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले भिआरएस सुविधा पाउन सकेका छैनन् ।हिमालयन एभरेष्ट इन्स्योरेनस कर्मचारी संघ नेपालले आज एक विज्ञप्ती जारी गर्दै श्रक ऐनो अधिकारी प्रयोग गरी २९ बुँदे माग पूरा नगरेको भन्दै ध्यानाकर्षण गराएको छ । आफना माग पूरा नभए विरोध आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

बीमा प्राधिकरणको पुँजि वृद्धि सम्बन्धी निर्णय बमोजिम कम्पनीले गत आर्थिक बर्षको साउन १ गते एकिकृत कारोबार शुभारम्भ गरेको हो । दुई कम्पनीहरु मर्जर पश्चात् सबल सक्षम र व्यवसायिक भएपनि मर्जरपश्चात् कर्मचारीहरुलाई काम गर्न असहज भएको भन्दै ती कर्मचारीहरुले भिआरएस सुविधा माग्दा पनि नदिएको भन्दै हिमालयन एभरेष्ट इन्स्योरेनस कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेनस कर्मचारी संघ नेपालले नियमक निकायको निर्देशन विपरित भिआरएस नपाई खाली हात घर वस्नु पर्ने अवस्था सृजना भएको कर्मचारीहरुको खाइपाई आएको सुबिधा नघटने गरि व्यवस्थापन गरिने छ भन्ने नियमक निकायको निर्देशनहरु विपरीत एचआरपिजी बनाउदा सुविधा घटाइएको घटेको सुबिधा पुन कायम होस भनी सामुहिक माग दावी राखेकोमा माग दावि पुरा गर्नुको साटो एउटा आधिकारी व्यक्ति जसले संघको नेतृत्व गरी सकेको छ त्यस ठाउबाट कर्मचारी संघ भएको संघ संस्थामा उत्पादकत्व कम हुन्छ भनेर भन्नु अत्यन्त दुखद् एवं खेदपूर्ण प्रकट गरेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कर्मचारी संघ नेपालको प्रचलित ऐन, कानून तथा नियम भित्र रही विधिवत रुपमा यस संघ दर्ता भएको व्यहोरा अवगतनै छ । संस्थाको अल्पकालिन तथा दिर्घकालिन विकास, कम्पनीको क्रियाकलापमा पारदर्शिता, प्रशासनमा प्रभावकारिता र कर्मचारीहरुको हकहितको रक्षा गर्नुको साथै कर्मचारीहरुको पेशागत भविष्यलाई सुनिश्चित गर्न यस संघ सदैव प्रतिवद्ध रहदै आएको छ ।

संघले विगतमा आर्थिक बर्ष २०७७ सालको पुस १३ गते तत्कालीन व्यवस्थापनसँग सामूहिक माग दाबी पेश गरी सेवा सुविधा बृद्धीमा सहमती पश्चात आर्थिक बर्ष २०७९ चैत २१ गते पुन श्रम ऐनको अधिकार प्रयोग गर्दै २९ बुदे माग राखेकोमा हालका मिति सम्म कुनै पनी मागको सम्बोधन नगरी कर्मचारीलाई झुलाई रहेको हुदा व्यवस्थापन कर्मचारीको पिर मर्का प्रति गैर जिम्मेवार भएको महसुस गरि श्रम कार्यालयमा मेल मिलापको लागी निवेदन दिएकोमा श्रम कार्यालयबाट भएको निर्देशनको व्यवस्था गरेको भन्दै आपत्ति जनाएको छ।

अघिल्लो मागदावीको समयबाट आजका मिति सम्म ३ वर्ष पुग्नै लाग्दा सम्म मुल्य वृद्धीलाई समायोजन हुनेगरी तलव र अन्य सेवासुविधा वृद्धी गर्नुको सट्टा कर्मचारीलाई हतोसाही बनाउने कार्य अत्यन्त दुखद् एवं खेदपूर्ण महसुस गरेको कर्मचारीले गुनासो गरेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कर्मचारी संघ उच्च व्यवस्थापनसीत कर्मचारीहरुलाई व्यवसायिक र बजारमा प्रतिस्पर्धी बनाई राख्न समस्यालाई गम्भीर रुपमा लिई समस्या समाधानमा इमान्दार भइ प्रस्तुत हुन आग्रह गरेको छ।संघले राखेको २९ बुदे माग अविलम्व गर्न र संघे राखेका २९ बुदाहरुमा कुन माग समय सापक्ष छैन कुन माग बीमा उद्योगमा अन्य कर्मचारीहरुले खाईपाई राखेका भन्दा बढीछ सवैमा छलफल गर्न तयार रहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
संघले के कम्पनीको उत्पादकत्व वृद्धी गर्नकालगी मानवीय संसाधनमा लगानी गर्नु पर्दैन ? भनेर कम्पनीलाई प्रश्न गरेको छ।

व्यवस्थापनले कर्मचारीहरुको माग पूरा नगरेमा माग पूरा नगराउनको लागी संघले ट्रेड युनियन ऐन, नियम तथा अन्य प्रचलित कानूनले प्रदान गरेको अधिकारहरु प्रयोग गरी उपयुक्त विकल्पहरु अवलम्बन गर्ने चेतावनी दिएको छ।
उक्त कार्यबाट हुन सक्ने परिणामको सम्पूर्ण जिम्मेवारी पुर्णरुपमा उच्च व्यवस्थापन पक्ष हुने जानकारी गराएको छ । छिटो भन्दा छिटो कर्मचारीहरुको मागको उचित होस् भनी अपेक्षा गरिएको संघले विज्ञप्तीमा उल्लेख गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*