दिपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको दिए स्पष्टीकरण (पूर्णपाठ सहित)

४ श्रावण २०८०, बिहीबार १४:३२

काठमाडौं । दिपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको सपष्टिकरण दिएका छन् । गिरोही समूह बचाउन मेरो नाम प्रयोग भउको भन्दै उनले आज पत्रकार सम्मलेन गरेर बुधबार बरामद भएको सुनमा आफ्नो, आफ्नो परिवार र आफ्नो नातेदारको कुनै संलग्नता नरहेको बताएका हुन्।

उनले नयाँ पत्रिका दैनिकले भ्रामक र कपोकल्पित समाचार लेखेको बताए । उनले आफ्नो भनाई समेत नराखी नाम र फोटो प्रकाशन गरेकोले नयाँ पत्रिका दैनिकले माफी माग्नु पर्ने बताए । माफी माग्दै समाचारको खण्डन नगरे आफुले कानुनी उपचार खोज्ने उनले बताएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*