प्रभु इन्स्योरेन्सको हकप्रदको बिषयमा अन्यौलता , नेप्सेमा चर्चा

४ श्रावण २०८०, बिहीबार १४:५८

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने बिषय चर्चाको बिषय बनेको छ।कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हकप्रद शेयर जारी गर्ने जनाएको छ।

नेपाल बीमा प्राधिकरणको बुधबार कम्पनीले सार्वजानिक गरेको सूचनाले आन्यौल सिर्जन भएको भन्दै हकप्रद सम्बन्धमा कम्पनीले थप स्पष्ट पारेको हो ।

अजोड इन्स्योरेन्स कम्पनीसँग प्रथम चरणमा मर्जरको कुरा चलेपनि पछि भाडिएपछि कम्पनीले भेञ्चर कम्पनीको पखाईमा बसेको थियो । हाल उक्त कम्पनीसँग छलफलको क्रममा रहेको छ।
कम्पनीले संचालकसँगको निर्णय अनुसार ६५ प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ। कम्पनीको हालको पुँजि १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

हकप्रद शेयर जारी गरिसकेपछि पनि कम्पनीले बोनस शेयर जारी पछि मात्रै पुँजि पुग्ने देखिन्छ । हकप्रदको लागि बीमा प्राधिकरणको स्वीकृती चाहिन्छ भने बोनस शेयर संचालकको निर्णय अनुसार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*