अवैध रुपमा भित्रिने दूध तथा दुग्ध पदार्थ रोक्न बुझाए ज्ञापनपत्र

४ श्रावण २०८०, बिहीबार १७:५८

काठमाडौं । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशले रुपन्देही जिल्ला भैरहवा भन्सार कार्यालय वेलहियालाई अवैध रुपमा भित्रिने दूध तथा दुग्ध पदार्थ नियन्त्रणका लागि मिति २०८० साउन ३ गते ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा, नेपाल भरिका डेरी व्यवसायीहरुले देशको कुना तथा दुर्गम गाउँ–गाउँबाट लाखौं कृषकहरुबाट उत्पादित दूध संकलन गरी उक्त दूधलाई देशमा रहेको विभिन्न शहरहरुमा बजार बनाई दैनिक रुपमा लाखौं कृषकहरुले उत्पादन गरेको दूध बजारमा बिक्री गरी दैनिक करोडौं रुपैयाँ बजारबाट गाउँमा प्रत्यक्ष रुपमा भईरहेको र लाखौै व्यक्तिहरुलाई दुधमा रोजगारीको अवसर पाईरहेको अवस्था छ ।

जसमा फल्स सिजनमा बढी उत्पादन भएको दूधलाई धुलो दूध र वटर उत्पादन गरी, स्टक गरी दुग्ध पदार्थलाई बैशाखदेखि भाद्रसम्मको सुख्खा सिजनमा प्रयोग गरि उपभोक्तालाई दूध तथा दुग्ध पर्दाथ अभाव हुन नदिई निरन्तर आत्मनिर्भर भईरहेको अवस्थामा हाल देश आर्थिक मन्दिले ग्रस्त भईरहेको अवस्थामा अबका दिनमा बजार सुस्त रुपमा चलायमान रहेको र स्वदेशमा रहेका उद्योगहरुले आफ्नो खर्चलाई व्यवस्थापन गरि आशा लाग्दो तरिकाले सुस्त रुपमा क्रमिक रुपमा सुधार गरि अगाडि बढ्दै गएको अवस्थामा हाल आएर वैदेशिक वज्रपात परेको जनाएका छन् ।

आजको दिनमा बजार वैदेशिक वज्रपात भन्नाले छिमेकी राज्य भारतबाट विदेशी व्राण्डका दूध तथा दुग्ध पदार्थ अवैध रुपमा निरन्तर पैठारी भैरहेको र बजारको यस्तो अवस्था रहेको यहाँलाइ अवगत गराउँदै यदि समयमा नै यो वैदेशिक दूध तथा दुग्ध पदार्थ अवैध पैैठारीलाई रोक्न सकिएन भने देशभित्र रहेका हजारौं डेरी उद्योगहरु बन्द हुने जसको प्रभावले राज्यको ठूलो लगानी डुब्ने अवस्थामा छ ।

उद्योग बन्द भएपछि उद्योगमा रोजगार गर्ने लाखौं युवाहरु वेरोजगार हुने अवस्था रहने छ । त्यसकारण यस्तो भयावह अवस्थाबाट राज्यलाई बचाउनको लागि विदेशबाट आईरहेको सम्पूर्ण दूध तथा दुग्धजन्य पदार्थलाई प्रक्रिया मिलाई वैदेशिक पैठारीलाई पूर्ण रुपमा बन्द गर्न व्यवस्था मिलाई दिनु हुन यो ज्ञापन पत्र पेश गरेका छौं, अध्यक्ष न्यौपानेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*