सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

५ श्रावण २०८०, शुक्रबार १०:५०

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय र चाँदीको १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँ कायम रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*