निमार्ण व्यवसायीहरुलाई चेक बाउन्स र कालोसूचीमा राख्ने बिषय तत्काल रोक्न माग

५ श्रावण २०८०, शुक्रबार १३:२३

काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघले चेक बाउन्स र बैंक ग्यारेण्टी जफत र कालोसूचीमा राख्ने बिषय रोक्नुपर्ने माग राखेका छन् ।

आज काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा संघका अध्यक्ष रवि सिंहले यस्तो जानकारी दिएका हुन् ।

उनले नेपाल सरकारले लामो समयदेखि व्यवसायीहरुलाई भुक्तानी नदिएको कारण निमार्ण व्यवसायि र सम्वद्ध पक्षहरुले जारी गरेको चेकहरु बाउन्स र बैंक ग्यारेण्टी जफत हुने गरेको हुँदा त्यस्तो अवस्थामा निमार्ण व्यवसायीले भुक्तानी प्राप्त नगरेसम्म चेक बाउन्समा मुद्धा चलाउन र कालो सूचीमा राख्ने तथा बैंक ग्यारेण्टी जफत गर्ने कार्य रोक्ने गरी नेपाल राष्ट्र बैंकबाट कानुनमा परिमार्जन थरी त्यस्ता कारवाही गर्ने काय तत्काल रोक्नुपर्ने माग संघले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*