हकप्रद शेयर जारी गर्न लागेको आँखुखोला जलविद्युत कम्पनी नोक्सानीमा

७ श्रावण २०८०, आईतवार ०७:५१

हकप्रद शेयर जारी गर्न लागेको आँखुखोला जलविद्युत कम्पनीले ४४ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले २ करोड ४८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको र प्रशासनिक खर्च बढेकाले कम्पनीले नोक्सानी व्योहोर्न परेको हो ।अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २२ करोड २९ लाख ८२ हजार रुपैयाँ कमाएकोमा गत वर्ष यस्तो आम्दानी १९ करोड २२ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । पानी पर्न कम भएको र नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादनमा प्रतिबन्ध लगाएका कारण विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ ।गत वर्ष प्रशासनिक खर्च २० लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रशासनिक खर्च ८८ लाख ७९ हजार रुपैयाँ थियो । असार मसान्तसम्म कर्मचारी खर्च, टर्बाइन मर्मतलगायतका खर्च बढेकाले प्रशासनिक खर्च बढेको वित्तीय विवरणमा उल्लेख छ । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी ५६ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ ६१ पैसा छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । यसको १५०५ हकप्रद सेयर जारी गर्न यस कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*