५ सय रुपैयाँले घट्यो सुन, यस्तो छ आजको सूनचाँदीको मूल्य
७ श्रावण २०८०, आईतवार १०:४०

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय र चाँदीको १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन (शुक्रबार) छापावाला सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।