एनआरएन यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित, अन्य को–को छन् ?

७ श्रावण २०८०, आईतवार १२:१०

काठमाडौं । एनआरएन यूके अध्यक्षमा कुल १ हजार ४७९ मतका साथ हितकाजी गुरुङ निर्वाचित भएका छन् । गुरुङका विपक्षी दिनेश घिमिरे र डा. नारायण कंडेलले क्रमशः १२५४ र ९०५ मत पाएर पराजित भएका हुन् । विजयी गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष पनि हुन् ।

त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्रिले १ हजार ६१५ मतले विजयी भएका छन् । दुई उपाध्यक्षमा रविन्द्र कंडेलले १ हजार ४५६ र सुरेश परियार १ हजार ३१२ मतका साथ निर्वाचित भएका छन भने महासचिवमा गोविन्द शर्मा खरेल १ हजार ५३७ मतले निर्वाचित भएका हुन् ।

इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा शम्भुप्रसाद अर्याल १ हजार ५५५ मतले र स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डे २४५ मतका साथ विजयी भएका हुन ।
त्यस्तै आइसीसी सदस्यमा चन्द्र गुरुङ १६९०, सुनिलबाबु खड्का १६९८, विष्णु चालिसे १६४३ र दिलरस गुरुङले १८६३ मत ल्याएर विजयी भएका छन् ।

झण्डै ९० प्रतिशत मत खसेको एनआरएन यूके निर्वाचनमा नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आइतबार हुनेछ । उक्त अनलाईन मतदानमा कुल ४ हजार १८३ मतदाता थिए भने कुल ३ हजार ७२८ मत खसेको थियो ।

खसेको मतमा इंग्ल्याण्यडमा ८७।७ प्रतिशत अर्थात ३ हजार ८५ मत, स्कटल्याण्डमा ९८।६ प्रतिशत अर्थात ४९२, नर्दन आएरल्याण्ड र वेल्समा ९०।४ अर्थात १५१ मत खसेको जानकारी एनआरएन युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले दिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*