एनसीएचएल बीपीए अवार्ड–२०२२ बाट सम्मानित

७ श्रावण २०८०, आईतवार १२:३२

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई नेसनल बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरेको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७८–७९ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका आधारमा इस्टिच्युट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा उक्त अवार्ड पुरष्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले आइक्यान तथा साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्सबाट विभिन्न पुरष्कार तथा सम्मानहरु प्राप्त गरिसकेको छ। सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधाअन्तर्गत एनसीएचएलले दोस्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स’अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’पनि प्राप्त गरेको थियो।

यसैगरी सन् २०१९मा एनसीएचएललाई आइक्यानको बीपीएसअन्तर्गत सोही विधामा पहिलो स्थानको पुरस्कार र साफाद्वारा तेस्रो स्थानको पुरस्कारले सम्मानित गरिएको थियो।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैँ आत्मसात गर्दै आएको एनसीएचएल नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवर्द्धिधत कम्पनी हो। सर्वसाधारणबीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनीयता कायम गर्न पारदर्शीता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ। एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्फको प्रतिबद्धताको सम्मानस्वरुप उक्त अवार्डलाई लिएको छ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्टआईपीएस ई–पेमेनट, कनेक्टआएटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र कर्पोरेटपे प्रणाली सञ्चालनमा रहेका छन्। यसका साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाबाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी पीएसओ, सरकारी तथा अर्धसरकारी संस्थाहरुलाई इन्डाइरेक्प्रा विधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ।

हालै नेसनल पेमेन्ट स्विच (एनपीएस)को रिटेल पेमेन्ट स्विच (आरपीएस)अन्तर्गत एनसीएचएलले अन्तरआबद्धता कायम हुने गरी नेटवर्क तथा स्किमका रुपमा नेपालपे क्यूआर सञ्चालनमा ल्याएको छ। यसका साथै एनपीएसअन्तर्गत डोमेस्टिक कार्ड स्किम पनि कार्यान्वयनको क्रममा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*