राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, आजै सार्वजनिक गरिँदै

७ श्रावण २०८०, आईतवार १२:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आज मैद्रिक निति पारित गरेको छ। राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०(८१ को मौद्रिक नीति पारित गरेको हो ।

आज बिहान बसेको राष्ट्र बैंकको बोर्डको बैठकले मौद्रिक निति पारित गरेको हो ।

अब मौद्रिक नीतिको पूर्ण पाठ केन्द्रीय बैंकको वेबसाइटबाट सार्वजनिक गर्ने र त्यसपछि दिउँसो ३ बजे गभर्नरले याक एण्ड यति होटलमा पत्रकार सम्मेलनमार्फत नीतिहरुको विषयमा खुलाईनेछ । त्यस्तै, राष्ट्र बैंकले मैद्रिक निति आफनो वेवसाईटमार्फत सार्वजनिक गर्ने भएको छ ।

निजी क्षेत्रले अपेक्षा गरेजस्तो मौद्रिक नआउने राष्ट्र बैंकको स्रोतले जनाएकोछ ।

मौद्रिक नीति तर्जुमा कार्यविधिमा आर्थिक वर्ष सुरू भएको एक साताभित्र मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्थाअनुसार आजै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

२०७७ सालमा चरम लचिलो नीति लिँदा अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप र २०७८ पुसदेखि गरिएको उग्र कडाइले सरकारी वित्त व्यवस्थापनमा परेको चापलाई सम्बोधन गर्ने गरि राष्ट्र बैंकले मध्यमार्गी मौद्रिक नीति तयार गरिएको राष्ट्र बैंकले जनाएकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*