आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटलबीच छुट सम्बन्धि सम्झौता

७ श्रावण २०८०, आईतवार १५:४५

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल धनगढीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पिटल धनगढीमा प्राप्त हुने सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले कम्पनीका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकको आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले माया मेट्रो हस्पिटलसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*