नेपाल इन्स्योरेन्सले १९ लाख बढी कित्ता शेयर बिक्री गर्दै, न्यूनतम मूल्य कति ?

७ श्रावण २०८०, आईतवार १७:४६

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता शेयर बिक्री गर्ने भएको छ । कम्पनीको शेयरमा साउन ८ अर्थात भोलिदेखि खरिद आवेदन पेश गर्न सकिने भएको छ ।

कम्पनीको शेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुकल लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १५ गतेसम्म पेस गरिसक्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*