यस्तो छ आजको सुनचाँदीको मूल्य
९ श्रावण २०८०, मंगलवार १०:५५

काठमाडौं । मंगलबारका दिन सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आन सूनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख १२ हजार दुई सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको छ












