रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा सार्वजनिक, कति मूल्यमा खरिद गर्न सकिन्छ ?

९ श्रावण २०८०, मंगलवार १२:११

काठमाडौँ । स्मार्टफोन रियलमीको बहु—प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

रियलमी ११ प्रो प्लस ५ जीमा २०० एमपिको ओआइएस सुपरजुम क्यामरा रहेको छ । त्यस्तै ४ गुणासम्म लसलेस जुम सपोर्ट गर्ने इन सेन्सर जुम टेक्न्लोजीले गर्दा रियलमी ११ प्रो प्लस फाइभ जीबाट फोटो खिच्दा टाढाबाट पनि अल्ट्रा हाइ रेजोलुसनको तस्बिर लिन सकिने कम्पनीले जनाएको छ ।

यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि र १०० वाटको सुपर भोक चार्जिङ सपोट रहेको छ । साथै २०,००० लेभलको अटोम्याटिक ब्राइट्नेस एड्जस्टमेन्ट भएको १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले र इन्डस्ट्रिकै सबैभन्दा उच्च २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी रहेको छ ।

रियल मी ११ प्रो फाइभ जि २१६० हर्ज पिएमडब्ल्यु डिमिङ सहितको कर्भ्ड भिजन डिस्प्ले भएको स्मार्ट फोन हो । यसमा पनि रियलमी ११ प्रो प्लस फाइभ जीकै जस्तै एस्थेटिक डिजाइन छ । यसमा रियल मी ११ प्रो ५ जि मा १०० एमपिको प्रोलाइट क्यामरा रहेको छ जसले १०० एमपिकै डाइरेक्ट आउट्पुट सपोर्ट गर्छ ।

त्यस्तै, यसको सेन्सरले २ गुणा लसलेस जुम पनि सपोर्ट गर्छ । अटो जुम मोड, सुपर नाइट एस्केप मोड, स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता आकर्षक फिचरहरु यसको क्यामरामा रहेको छन् ।डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेट राखिएको यो फोनको ¥याम १२ जीबीको छ भने रोम २५६ जीबिको रहेको छ । रियलमी यु आइ ४.० मा चल्ने यस सेटको ब्याट्रि पनि ५००० एमएएच्को छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ ।

रियलमी ११ प्रो+ ५ जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१,९९९ रहेको छ । त्यस्तै रियलमी ११ प्रो ५ जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७,९९९ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*