डिसहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला

९ श्रावण २०८०, मंगलवार १७:४४

काठमाडौं ।नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले ‘डिएच गो’ एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ ।

Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me, आदि जस्ता चर्चित कोरियन सिरिजहरु डिशहोमको गो एपमा उपलव्ध रहेको छ । यी कोरियन सिरिजहरुले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

यस्तै डिशहोमको गो एपमा १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ ।

‘डिशहोम गो एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना वनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*