बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१० श्रावण २०८०, बुधबार १०:५५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला पाँच सय र चाँदीको १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख १२ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*