काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्र कर बुुझाएमा छुट प्रदान गर्ने

११ श्रावण २०८०, बिहीबार १३:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्र कर बुझाएमा करदातालाई विशेष छुट प्रदान गर्ने भएको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै कर सुविधा सम्बन्धि जानकारी दिएको हो ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार महानगरले तीर्न,बुझाउनपर्ने सम्पत्ति कर बहाल कर,व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । त्यस्तै, पालिकाले सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर चालु आवको पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको महानगरको राजस्व विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*