प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा सेवा शुभारम्भ, बीमाको दायरा थप विस्तारमा सहयोग पुराउने प्राधिकरणको अपेक्षा

११ श्रावण २०८०, बिहीबार १४:२९

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उद्घाटन तथा लघुबीमा सेवा आजबाट शुभारम्भ भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन आज नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पु¥याउन कम्पनीलाई सुझाए । प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताएका छन् ।

समारोहमा कम्पनीका सिईओले उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिएका छन् ।

प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत नरेश रोकाले धनगढी लगायत अन्य क्षेत्रमा न्यून आय भएका सबै वर्गमा बीमाको पहुँच वृद्धिमा केन्द्रित रहेको बताएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाका अनुसार सुदूर पश्चिम प्रदेशका धनगढी केन्द्रमा राखेर विभिन्न ९ जिल्लास्थित विकट भौगेलिक स्थानमा रहेका सबै न्यून आय भएका जनताहरुलाई बीमाको दायरामा ल्याउने तयारी भईरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*