कास्परस्कीका तीन नयाँ प्राेडक्ट नेपाली बजारमा बिक्री सुरू

११ श्रावण २०८०, बिहीबार १६:२९

काठमाडाैं । कप्युटर प्रविधिलाई सुरक्षित बनाउने कास्परस्कीका तीन नयाँ प्राेडक्टकाे नेपाल बजारमा बिक्री वितरण सुरू भएकाे छ ।

कास्परस्कीका एसिया प्यासिफिकका बिक्री प्रमुख पुरूषाेत्तम भुटिया र नेपालकाे लागि कास्परस्कीका आधिकारिक बिक्रेता बुद्दलक्ष्मी मानन्धरले संयुक्त रूपमा ओैपचारिक शुभारम्भ गरेका छन् ।

कास्परस्कीीकाे स्टाण्डर्ड, प्लस र प्रिमियम ब्राण्डका नयाँ एन्टिभाईरसहरूकाे बिक्री सुरू गरिएकाे हाे । कास्परस्कीका एशिया प्रशान्त बिक्री प्रमुख भाटियाले नयाँ एन्टिभाइरस प्रडक्टले कम्युटरलाई सुरक्षित बनाउने बताउँदै विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

वान कभरका म्यानेजिङ डाइरेक्टर तथा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले साइबर सुरक्षा आजकाे भएकाे बताउँदै जनताकाे तहमा तथ्याङ्ककाे लागि साइबर सुरक्षा महत्वपूर्ण भएकाे बताए । एन्टिभाईरस आईटीकाे आधारभूत आवश्यकता भएकाे बताए ।

त्यस्तै खल्तीका संस्थापक अमित गुप्ताले माेबाइल सुरक्षित बनाउन एन्टिभाइरस आवश्यक भएकाे बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*